२०८१ कार्तिक ३, शनिवार , १२:०७:४६ बजे

Sajhamanch
'

यी स्थानमा छ बाढीको जोखिम

बुधवार, साउन २, २०८१

काठमाडौं । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोला आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहेपनि उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी, दर्चुला आसपासका जिल्लाभई बहने स–साना नदीहरूमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेकोले महाशाखाले जानकारी दिएको छ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित खबर