२०८१ कार्तिक ३, शनिवार , ०८:२३:१० बजे

Sajhamanch
'

सम्पत्ति विवरण बुझाउन र अनलाइन सफ्टवेयरमार्फत् जानकारी दिन अनुरोध, भदौ २८ गतेसम्मको म्याद

बुधवार, साउन २, २०८१

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति विवरण बुझाउन ७ बुँदे सूचना जारी गरेको छ । मन्त्रालयले हिजो सूचना निकालेर आउँदो भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको हो ।

मन्त्रालयले निजामती, स्थायी शिक्षक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेकका पदाधिकारी र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन र केन्द्रलाई अनलाइन सफ्टवेयर मार्फत् जानकारी दिन अनुरोध गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।

त्यसैअनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले आर्थिक वर्ष २०८०र८१ को सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष तोकिएको ढाँचामा भरि बुझाउन भनिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाइने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर