२०८२ साउन २९, बिहिवार , ११:५६:५१ बजे

Sajhamanch
'

साउन ६ गते संसद्‌मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

मङ्गलवार, साउन १, २०८१

झापा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

चौँथो पटक प्रधामन्त्री भएका उनले सोमबार पद तथा गोपनियताको सपथ लिई पदबहालीसमेत गरेका थिए । प्रधानमन्त्रीले एमाले–कांग्रेस संयुक्त सरकारका प्राथमिकता, नयाँ समीकरण बनाउनु परेको अवस्था लगायतका विषयमा सम्बोधन गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते प्रधानमन्त्रीका रुपमा पहिलो पटक सम्बोधन गर्न लागेको पुष्टि गरेका ।

‘यसपटक प्रधानमन्त्री भएपछि साउन ६ मा पहिलो पटक सम्बोधन गर्दै हुनुहन्छ’ बर्तौलाले भने, ‘सरकारका प्रमुख प्राथमिकताका साथै समसामयिक राजनीतिक विषयमा उहाँले धारणा राख्ने कार्यक्रम तय भएको छ ।’

सम्बन्धित खबर