भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । उसका यशस्वी जैसवाल ५३ बलमा ९३ रन र शुभमन गिल ३९ बलमा ५८ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्वावेले सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । उसका कप्तान सिकन्दर राजाले सर्वाधिक ४६ रन बनाए ।
भारतका खलिल अहमदले दुई तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले समान एक–एक विकेट लिए । श्रृङखलाको अन्तिम खेल आज बेलुका हुनेछ । भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो ।एजेन्सी