२०८१ फागुन १५, बिहिवार , ०७:२३:१९ बजे

Sajhamanch
'

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

शनिवार, असार २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ। उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो ।