२०८१ फागुन १५, बिहिवार , ०८:३४:३१ बजे

Sajhamanch
'

भोलि आइतबार एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै, दिउँसो शपथ

शनिवार, असार २९, २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।ओलीलले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।

ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए ।राष्ट्रपतिले आइतबार बेलुकासम्मको समय दिएका थिए ।

सम्बन्धित खबर