२०८१ कार्तिक ३, शनिवार , १०:११:३७ बजे

Sajhamanch
'

२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु

शुक्रवार, असार २८, २०८१

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी दिए ।

साथै काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ आउने दुई वटा रात्रि बस पहिरोले बगाएको सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए ।

यसैबिच शुक्रवार सिंहदरबारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुबिच विपद् सम्बन्धी छलफल भएको छ ।

शुक्रवार, असार २८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर