२०८१ कार्तिक ४, आइतवार , ०१:४७:५८ बजे

Sajhamanch
'

चितवन पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धार गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

शुक्रवार, असार २८, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिबारे सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद शंकर भण्डारीले चितवन र कास्कीमा गएको पहिरोको विषयमा जानकारी गराए।

बैठकमा सांसदहरूले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति भएकोप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय गर्न माग गरेका छन्। चितवनको पहिरोमा दुई वटा यात्रुवाहक बस बगाउँदा दर्जनौँ घाइते भएका छन्।

अधिकांश सांसदहरूले यो विषय सदनमा राखेका छन्। बेपत्ताको खोजी र उद्धार गर्न प्रधानमन्त्री प्रचण्डले पनि निर्देशन दिइसकेका छन्।

सम्बन्धित खबर