२०८१ कार्तिक ४, आइतवार , ११:४५:५९ बजे

Sajhamanch
'

मनसुनको एक महिना : कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति

शुक्रवार, असार २८, २०८१

काठमाडौं । बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ । मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि आज असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ ।

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म १०६ जना घाइते भएका पनि जानकारी दिए । अहिलेसम्म ६ जना बेपत्ता रहेका छन् । बाढीका कारण १७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट ३ हजार ४६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर