२०८१ कार्तिक १०, शनिवार , १२:२६:३८ बजे

Sajhamanch
'

काठमाडौंमा बिहानैदेखि वर्षा, कोसी र मधेस प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

बुधवार, असार २६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर बदली रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको हो ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

सम्बन्धित खबर

आजको मौसम
शनिवार, कार्तिक १०, २०८१
यस्तो रहनेछ आजको मौसम
बुधवार, कार्तिक ७, २०८१
यस्तो रहनेछ आजको मौसम
मङ्गलवार, कार्तिक ६, २०८१