२०८१ कार्तिक ८, बिहिवार , ०५:०९:५९ बजे

Sajhamanch
'

भारतको मेघालयमा विभत्स हत्या गरिएका चारमध्ये दुई इलामका रवि र धरानका राजेश

सोमवार, असार २४, २०८१

झापा । भारतको मेघालयमा विभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ। गत शनिबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।

मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई रहेको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले पुष्टि गरेका छन् । उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ ।

शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन् ।

सम्बन्धित खबर