२०८१ कार्तिक ४, आइतवार , ०९:०९:४१ बजे

Sajhamanch
'

एकैदिन बाढीसम्बन्धी ३४ लाख एसएमएस सम्प्रेषण

आइतवार, असार २३, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिवार दिउँसो १२ बजेदेखि आज दिउँसो १२ बजेसम्म देशको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकैदिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए।

विभागका महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी झन्डै ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिए।

सम्बन्धित खबर