२०८१ कार्तिक ५, सोमवार , १०:०८:५४ बजे

Sajhamanch
'

पाल्पामा बाढीले बगाएर एक जनाको मृत्यु

आइतवार, असार २३, २०८१

झापा। पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कामको सिलसिलामा गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको थिइन् । खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।