२०८१ कार्तिक ६, मङ्गलवार , १०:०७:११ बजे

Sajhamanch
'

दिनभर उतारचढावका बीच शेयर बजार सामान्य बढ्यो

बुधवार, असार १९, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिर्खुवा हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

आज ३१४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्स कम्पनीको २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सम्बन्धित खबर