२०८१ मंसिर १२, बुधवार , ०३:५३:३० बजे

Sajhamanch
'

यी स्थानमा हुँदै छ भारी वर्षा

सोमवार, असार १७, २०८१

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

कासी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागका अनुसार बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित खबर

आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१
आजको मौसम
आइतवार, मंसिर ९, २०८१