२०८१ फागुन १३, मङ्गलवार , ०५:५२:३५ बजे

Sajhamanch
'

हुर्फन झापाको पहिलो बैठक : मानवाधिकार रक्षाका लागि रचनात्मक पहल गरिने

बिहिवार, असार १३, २०८१

कनकाई । गत हप्ता असार ८ गते सर्वसम्मत निर्वाचित राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) झापा शाखाका सभापतिसहित पदाधिकारीहरुलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ ।

बिर्तामोडको गोमेन्द्र कलेजमा सम्पन्न सातौं जिल्ला अधिवेशनले अर्जुनधाराका तोयानाथ काफ्लेको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित गरेको थियो । सो समितिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

सातौं अधिवेशनबाट शाखाको उपसभापतिहरुमा धर्मानन्द निरौला, सरस्वती भूर्तेल खनाल र भवानीप्रसाद लुईंटेल निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा दिनेश आचार्य, उपसचिवमा पदम कुँवर, कोषाध्यक्षमा चन्द्रविनोद कोइराला निर्वाचित भएका छन् ।

यसैगरी, प्रतिष्ठानको सदस्यहरुमा विष्णुप्रसाद चुडाल, चन्द्रादेवी पौडेल, लक्ष्मीप्रसाद मैनाली र नरेन्द्र खवास निर्वाचित भएका थिए ।

उनीहरुलाई निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा. रुपक खनाल, निर्वाचन समितिका सदस्य तथा प्रतिष्ठानका केन्द्रीय परिषद् सदस्य डिल्लीराम मैनाली र कनकाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भिष्मभुषण सिटौलाले निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानको झापा शाखामा ११ सदस्यीय कार्यसमिति अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको हो भने बुधबारको पहिलो बैठकले सुरुङ्गामा भरत थपलियालाई सदस्यमा मनोनयन गरेको छ । सभापति काफ्लेका अनुसार विधानतः चार जनालाई सदस्यमा मनोनयन गर्न सकिनेछ ।

पहिलो बैठकले प्रतिष्ठानलाई चुस्त दुरुस्त सञ्चालन गर्ने, नियमित बैठक कम्तीमा २–२ महिनामा बस्ने, मानवअधिकार हननका घटनाहरुलाई सुक्ष्मरुपमा अध्ययन गर्न र प्रहरी प्रशासनलाई जाहेरी दिलाउन निरन्तर लागि पर्ने, सरोकारवालाहरुसँग समन्वय गरी मानव अधिकार रक्षाका अनेकन विषयमा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

भिडियो पनि हेर्नुस् ….

https://www.facebook.com/share/v/2cyZUWcg7jTTQR5w/?mibextid=xfxF2i

 

सम्बन्धित खबर