२०८१ मंसिर १३, बिहिवार , ०४:५३:०२ बजे

Sajhamanch
'

प्रतिष्ठानको झापा शाखा सभापतिमा काफ्ले सर्वसम्मत निर्वाचित

आइतवार, असार ९, २०८१

बिर्तामोड । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको सभापतिमा तोयानाथ काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार बिर्तामोडमा सम्पन्न सातौं अधिवेशनले अर्जुनधाराका काफ्लेको नेतृत्वमा शाखाको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । सो अधिवेशनबाट शाखाको उपसभापतिहरुमा धर्मानन्द निरौला, सरस्वती भूर्तेल र भवानीप्रसाद लुईंटेल निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा दिनेश आचार्य, उपसचिवमा पदम कुवँर, कोषाध्यक्षमा चन्द्रविनोद कोइराला निर्वाचित भएका हुन् । यसैगरी, प्रतिष्ठानको सदस्यहरुमा विष्णुप्रसाद चुडाल, चन्द्रादेवी पौडेल, लक्ष्मीप्रसाद मैनाली र नरेन्द्र खवास निर्वाचित भएका जनाइएको छ ।

प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा रुपक खनालको प्रमुख आतिथ्य एवं झापा शाखाका कार्यवाहक अध्यक्ष गोपीकृष्ण भट्टराईको अध्यक्षतामा अधिवेशन भएको थियो ।

सम्बन्धित खबर