२०८१ कार्तिक ८, बिहिवार , ०६:५१:५६ बजे

Sajhamanch
'

टी–२० विश्वकप : ‘सुपर–आठ’ को खेल तालिका, मिति र ठाउँ टुङ्गो लाग्यो

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका टुङ्गो लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

यस्तै जुन २० मा बिहान सवा ६ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज, राति सवा ८ बजे बार्बडोसमा अफगानिस्तान र भारतबीच खेल हुनेछ । जुन २१ मा बिहान सवा ६ बजे एन्टिगुवामा अस्ट्रेलिया र बङ्ग्लादेश, राति सवा ८ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

यस्तै जुन २२ मा बिहान सवा ६ बजे बार्बडोसमा अमेरिका र वेस्ट इन्डिज, राति सवा ८ बजे भारत र बङ्ग्लादेशबीच खेल हुनेछ । जुन २३ मा बिहान सवा ६ बजे अफगानिस्तान र अस्ट्रेलिया, राति सवा ८ बजे अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुनेछ ।

यस्तै जुन २४ मा बिहान सवा ६ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिका, राति सवा ८ बजे अस्ट्रेलिया र भारतबीच खेल हुनेछ । ‘सुपर–आठ’ को अन्तिम खेलमा जुन २५ मा बिहान सवा ६ बजे सेन्ट भिन्सेन्टमा अफगानिस्तान र बङ्ग्लादेशबीच खेल हुनेछ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ मा फाइनल खेल हुनेछ ।

यसअघि समूह चरणको अन्तिम खेलमा आज राति सवा ८ बजे न्युजिल्यान्ड र पपुवा न्यु गिनी तथा भोलि बिहान सवा ६ बजे वेस्ट इन्डिज र अफगानिस्तान खेल्दैछन् ।

सम्बन्धित खबर