२०८१ माघ २४, बिहिवार , ०७:२४:४१ बजे

Sajhamanch
'

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

सोमवार, असार ३, २०८१

ताप्लेजुङ । फुङलिङ नगरपालिका(९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो ।

खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।

गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । पौडेलका अनुसार खोलालेनै गाडी किनारामा पुर्‍याएको थियो ।यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरको पहिरोले को१झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ ।

पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । गाडीमा चालक मात्रै रहेका थिए ।

यहाको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् ।

यहाँको सार्वजनिक शौचालय र आसपासमा रहेका घरहरु समेत पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिमका घरहरुलाई सुरक्षित हुन सल्लाह दिएको रावलले बताए।

अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको रावलले बताए । ताप्लेजुङमा वुधबारदेखि लगातार वर्षा भइरहेको छ ।