२०८१ माघ २०, आइतवार , ०८:४५:१३ बजे

Sajhamanch
'

उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने

बुधवार, जेठ ३०, २०८१

नयाँ दिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन् । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जानकारी दिएको हो ।

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालनको अनुभव छ। हाल उनी उप-प्रधानसेनापति पदमा कार्यरत छन् ।

प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।

गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो । भारतमा यस्तो धेरै बिरलै हुन्छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप(प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’