२०८१ माघ २९, मङ्गलवार , ११:५३:२० बजे

Sajhamanch
'

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

सोमवार, जेठ २१, २०८१

रुपन्देही । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पूर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पूर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको पूर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ ।

सम्बन्धित खबर