![](https://sajhamanch.com/wp-content/uploads/2024/06/ruben.jpg)
काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।
बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । उक्त लक्ष्य ओमानले भेटाउन सकेन । जम्मा १० रनमात्रै जोडेपछि नामिबिया विजयी भयो ।
यसअघि ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले जेन फ्राइलिंकले ४५, निकोलस डेभिनले २४ र जेराल्ड इरास्मसले १३ रनको योगदानमा १०९ रन बनायो । अरु ब्याटरले भने दोहोरो अक जोड्न सकेनन् ।
ओमानका मेहरान खानले ३, बिलाल खान, अकिब इलियास, आयान खानले एकरएक विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९।४ मा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो ।
ओमानका खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५, शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नामिबियाका रुबिन ट्रमपलम्यानले ४ तथा डेभिड विसले ३, जेराल्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले एक विकेट लिए ।