![](https://sajhamanch.com/wp-content/uploads/2024/06/t-20-2.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो ।
खेलको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो । ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए ।
नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ४ विकेट लिए । केहीबेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ । विश्वकपमा आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् ।