बिर्तामोड। अर्जुनधारा नगरपालिका –८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याडडाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय बिकास सहनी रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।