२०८१ पौष २६, शुक्रवार , ०१:०२:४१ बजे

Sajhamanch
'

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मुख्य तीन दलबीच सहमति भएको छ ।

हिजो बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो । बहुमत सांसदको हस्ताक्षर भएपछि मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ ।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) को ९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ८ र नेकपा (एकीकृत समाजवादी) को ७ सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने भएको छ ।

शुक्रवार, जेठ १८, २०८१ | प्रदेश, राजनीति

सम्बन्धित खबर