![](https://sajhamanch.com/wp-content/uploads/2024/05/japan-3.jpg)
टोकियो । जापानी अनुसन्धाताले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर छ ।
विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन् । यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ । त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आइएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ । ‘उपग्रहले अनुसन्धातालाई तथ्यांक पठाउनेछ जसले दबाबका संकेत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्न सक्छन्’, सुमितोमो वनविज्ञान विभागका प्रवक्ताले बुधबार बताए ।
‘धातुबाट नबनेका उपग्रहहरू मुख्य धारमा रहनुपर्छ’, अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भन्नुभयो । सर्जकहरूले उपकरण वायुमण्डलमा पुनः प्रवेश गर्दा काठको सामग्री पूर्णरूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कंदा हानिकारक धातुका कण उत्पादन नहुने बताएका छन् । राससरएएफपी ।