२०८२ असार १३, शुक्रवार , ११:५४:४८ बजे

Sajhamanch
'

बजेट आएको भोलिपल्ट शेयर बजार २३ अङ्कभन्दा धेरैले घट्यो

बुधवार, जेठ १६, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको लगानीकर्ताले बताएका छन् । बजेटपछिको पहिलो कारोबारमा शेयर बजार २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सम्बन्धित खबर