![](https://sajhamanch.com/wp-content/uploads/2024/05/gold-1.webp)
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९०० रुपैयाँ थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ । जेठ ७ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको थियो ।