२०८१ असोज ४, शुक्रवार , ०६:३३:४५ बजे

Sajhamanch
'

हिट-स्ट्रोक भएपछि अस्पतालमा उपचार गराउँदै शाहरुख

शुक्रवार, जेठ ११, २०८१

आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।हिजो नै शाहरुख अस्पतालबाट डिस्चार्ज भएको चर्चा चलेको थियो । तर अहिले पनि उनी अस्पतालमै उपचाररत छन् ।

यद्यपि, उक्त निजी अस्पतालले शाहरुखको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । शाहरुखलाई बुधबार मल्टिस्पेसालिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर)टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए ।उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । अहिले किङ खानकी छोरी सुहाना र श्रीमती गौरी अस्पतालमा छन् ।

सम्बन्धित खबर