
काठमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।