२०८२ जेठ ५, आइतवार , ०४:५८:०१ बजे

Sajhamanch
'

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्‍यो

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।

संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।