असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मिति २०८१/०२/०४
संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नुहुन आह्वान गरिन्छ ।
आवश्यक सामग्रीः
क्र.स. सामग्री विवरण क्षमता आवश्यक संख्या एसीको प्रकार विशेषता
१. एयर कन्डिसनर (AC) १ टन ६ थान वाल पाउन्ट स्प्लिट एसी इन्भर्टर एसी
२. एयर कन्डिसनर (AC) २ टन १ थान वाल पाउन्ट स्प्लिट एसी इन्भर्टर एसी
शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको पूर्ण विवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।
२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ । यदि पार्ट्स अनुसार वारेण्टी समय फरक पर्ने भएमा सोकुरा स्पष्ट खुलेको हुनुपर्ने छ ।
३. कोटेशन पेश गर्दा निःशुल्क आउने र सःशुल्क आउने आवश्यक सामग्रीको (acessories ) स्पष्ट उल्लेख भएको हुनुपर्ने छ ।
४. कोटेशन उल्लेख गर्दा नजिकै रहेको सर्भिस सेन्टरको विवरणसमेत उल्लेख गर्नुपर्नेछ ।
५. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।
६. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
७. कोटेशन पेश गर्दा मूल्य अभिवृद्धि कर, ढुवानी शुल्क, जडान शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
८. सामग्री संस्थाको सुरुङ्गा सेवा केन्द्रमा डेलिभरी दिनुपर्नेछ ।
९. कोटेशन २०८१ जेष्ठ ११ गते शुक्रबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर– १३, चारआलीस्थित प्रधान कार्यालयमा शिलबन्दी गरी बुझाउनु पर्नेछ ।
१०. झापा जिल्लाभन्दा बाहिर रहेको विक्रेताहरुले सहजताका आधारमा शिलबन्दी वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा Password Protected डकुमेन्ट बनाई इमेल गर्न सक्नुहुनेछ । कोटेशन सम्बन्धी निर्णय गर्ने दिन सम्बन्धित विक्रेतासँग पासवर्ड माग गरिनेछ ।
११. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
१२. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।
बचत तथा ऋण ब्यवसाय
प्रधान कार्यालय, चारआली झापा