२०८१ फागुन ११, आइतवार , ०४:५१:५३ बजे

Sajhamanch
'

‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ ।

भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

‘नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडिएच ब्रान्डका तीनथरी मसला आयात रोकेका छौँ । स्वास्थ्यमा हानिकारक हुने रसायन भेटिएको खबरपछि हामीले एक सातादेखि आयात रोकेका छौँ,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘अब बजारमा पनि उक्त ब्रान्ड मसला बिक्री वितरणमा रोक लगाइसकेका छौँ ।’

सम्बन्धित खबर