
काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ ।