२०८१ फागुन २, शुक्रवार , १२:३५:०३ बजे

Sajhamanch
'

माईजोगमाई अध्यक्ष कप : इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

शुक्रवार, वैशाख २८, २०८१

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्ष कप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तरले र दोस्रो खेलमा सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएका हुन् ।

तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन । पहिलो हाफ १–१ गोल अन्तर बनेको खेलको दोश्रो हाफमा इलामले ३ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दि म्याच इलामका प्रिन्स शेर्पा घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा अग्रता जोगाउन नसक्दा माई नगरपालिका पराजित बनेको छ । पहिलो हाफमा १–० गोल अन्तर बनाएको माईले दोश्रो हाफमा ३ गोल व्यहोर्यो । खेलको म्यान अफ दि म्याच सूर्योदयका पाल्देन तामाङ घोषित भए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।

इलामले सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकालाई हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । माईजोगमाईले रोङ गाउँपालिकालाई हराएको हो ।

सम्बन्धित खबर