
काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।