
काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।