
काठमाडौं । इलाम–२ मा २३ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले ९ हजार मत कटाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ९ हजार ४ सय ८४ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत ल्याउनुभएको छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ९ सय ५१ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय १ मत आएको छ । एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ५५ र राप्रपाका लक्ष्मी गुरुङको ५० मत आएको छ ।
इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।