
काठमाडौं । इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याउनुभएको छ । एमालेका सुहाङ कांग्रेसका खड्काभन्दा २६ सय १८ मतले अगाडि हुनुहुन्छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत आएको छ । २१ हजारभन्दा धेरै मतगणना भैसक्दा एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ ।
इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।