२०८१ मंसिर १३, बिहिवार , ०३:०७:४५ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने बताएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

हावाहुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित खबर

आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१