२०८१ फागुन १५, बिहिवार , ०१:३०:१३ बजे

Sajhamanch
'

दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो

शुक्रवार, वैशाख ७, २०८१

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो ।

घरमा आगो लागेपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेको प्रहरीको भनाई छ । आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियबासिन्दाको पहलमा आगो निभाइएको छ ।

शुक्रवार, वैशाख ७, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर