२०८१ मंसिर ९, आइतवार , ०६:५६:५२ बजे

Sajhamanch
'

यी प्रदेशमा हुनेछ आज वर्षा

शनिवार, वैशाख १, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्का वर्षाको सम्भावना छ । कोसी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, मंसिर ९, २०८१
आजको मौसम
शनिवार, मंसिर ८, २०८१