२०८१ पौष ३, बुधवार , ११:५०:२४ बजे

Sajhamanch
'

रुसमा पुनः श्रम स्वीकृति खुला गर्न एनआरएनएको आग्रह

बिहिवार, चैत २२, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपाली अवैधानिक रूपमा सेनामा भर्ति भएकोलगायत कारण देखाएर सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएको थियो ।

तर सरकारले पुनः चैत २० गतेबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमार्फत् एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्याललाई भेटेर कुनै पनि कुरामा समस्या आउना साथ प्रतिबन्ध लगाउन नहुनेमा जोड दिएको छ । अध्यक्ष केसीले श्रम स्वीकृति खुला गर्नुपर्नेमा जोड दिए ।

जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत नभइ समग्र राज्य सरोकारको विषय भएको बताए । सरकारले यथोचित रूपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर