२०८१ फागुन १३, मङ्गलवार , ०९:३५:५२ बजे

Sajhamanch
'

चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

बुधवार, चैत २१, २०८०

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले यही चैत २८ गते उपाध्यक्ष पदको निर्वाचनको मिति तोकेका हुन्। साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन्।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष उर्मिला आर्यालले पदबाट राजीनामा गरेकी थिइन्। अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरूले सहमति भने जुटाइसकेका छैनन्। सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सम्भावना बढि छ।

सम्बन्धित खबर