२०८२ वैशाख १०, बुधवार , ०५:५३:०७ बजे

Sajhamanch
'

दाङमा आपसमा ठोक्किए दुई बस

बुधवार, चैत २१, २०८०

दाङ । दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किएका छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ।

सम्बन्धित खबर