२०८२ वैशाख १०, बुधवार , ०३:३४:४३ बजे

Sajhamanch
'

बारामा दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन

बुधवार, चैत २१, २०८०

बारा । बारामा यस वर्ष धान उत्पादन बढेको छ । बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । गएको वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेका थिए ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकोमा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो ।

चैते धान १६ हजार हेक्टरमा लगाइएकोमा ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । धेरै किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय रुपैयाँ, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजार रुपैयाँमा बिक्री भएको थियो ।

सम्बन्धित खबर