२०८१ फागुन १२, सोमवार , १२:२२:०६ बजे

Sajhamanch
'

बाघलाई सार्वजनिक प्रदर्शनमा नराख्न माग गर्दै चितवनमा विरोध प्रदर्शन

मङ्गलवार, चैत २०, २०८०

चितवन । पशु अधिकारकर्मीले बाघलाई सार्वजनिक प्रदर्शनका लागि नराख्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गर्दै वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रुरता अन्त्य गर्न माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएका दुई वटा बाघलाई भरतपुरमा खोरमा राखेर प्रदर्शनमा राखेको छ । भरतपुर भ्रमण वर्षका अवसरमा निकुञ्जले बाघको अवलोकन गर्न सकिने व्यवस्था गरेको हो । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीन वटा बाघ मरेका छन् ।

सम्बन्धित खबर