
काठमाडौं । बर्दियामा करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्।
सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दाङको लमही नगरपालिका-१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै थिइन्। उनले शरीरमा बाँधेर भारत जाँदै गरेको बेलामा शंका लागेर जाँच गर्दा चरेश फेला परेको हो। त्यस अवस्थामा बोर्डर आउट पोष्ट (बिओपी) फुटाहाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीबाट १२ वटा प्याकेट बरामद भएको छ। यस घटनामाथि थप अनुसन्धान गर्न प्रहरीलाई बुझाएको छ।