२०८२ वैशाख २९, सोमवार , ०४:५७:४८ बजे

Sajhamanch
'

एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु

आइतवार, चैत १८, २०८०

काठमाडौं । एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो ।

बितेको एक हप्ता खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत लुक्लाभन्दा केही तल सुर्केमा पुर्‍याइएको थियो । केही पर्यटक सडक मार्गबाट सोलुखुम्बुको फाप्लुसम्म पुगेका थिए ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान शुरु भएको तारा एअर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो ।

सम्बन्धित खबर