२०८१ पौष ५, शुक्रवार , ०८:१७:३४ बजे

Sajhamanch
'

रास्वपाले बुझायो स्वास्थ्यमन्त्रीलाई २६ बुँदे सुझाव पत्र

बिहिवार, चैत १५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।

आज मन्त्रालयमा रास्वपाको स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्यमन्त्री यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो । रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको दोहोरोपनबाट अलग गर्नुपर्ने, आपत्कालीन स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, एम्बुलेन्सको गुणस्तर बढाएर सहज उपलब्धताको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालको आईसीयू र भेन्टिलेटरको क्षमता बढाउनुपर्ने लगायतका माग राखेको रास्वपाकी सांसद डा। तोसिमा कार्कीले बताउनुभयो ।

सम्बन्धित खबर